
सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका रामआश्रय साह ४ हजार ४७७ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत र नेकपा एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत ल्याएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी अकली सहनी ४ हजार ५०४ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले ३ हजार २२५ मत र नेकपा एमालेकी रमिता कुमारी यादवले १ हजार ६०३ मत ल्याएकी छन् ।