१७ असार २०८३, बुधबार

ललितपुर महानगरको मेयरमा चिरिबाबु दोब्बर बढी मतले अगाडि

ललितपुर महानगरको मेयरमा चिरिबाबु दोब्बर बढी मतले अगाडि

ललितपुर महानगरपालिकामा १३ हजार २१६ मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर बढी मतले अग्रता लिएका छन् ।

महर्जन ७ हजार ४१० मतसहित अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यन्जन्कारले ३ हजार १९२ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ३ हजार ८०० मतसहित अग्रता लिएकी छन् भने माओवादीका बाबुराज बज्राचार्यले २ हजार ३२६ मतसहित पछ्याइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्