२६ असार २०८३, शुक्रबार

पर्वतको जलजला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

पर्वतको जलजला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजुप्रसाद आचार्य विजयी भएका छन् ।

५ हजार ६५७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर अधिकारीले ४ हजार १८४ मत ल्याएका छन् ।

त्यसै गरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक आचार्य निर्वाचित भएका छन् । उनले ४ हजार ७९२ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुनिता वरुवालले ४ हजार ७१५ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्