०९ साउन २०८३, शनिबार

प्रभू साहको क्षेत्रमा एमालेलाई फराकिलो अग्रता

प्रभू साहको क्षेत्रमा एमालेलाई फराकिलो अग्रता

माओवादी छाडेर एमाले गएका प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा एमालेले अग्रता बढाएको छ । 

साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरका लागि एमालेबाट उम्मेदवार छिन् । शुरुआती गणनामा पछि परेकी रीनाले अहिले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । 

२०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् । एमाले उम्मेदवार साहले ३ हजार १८९ मत पाउँदा माओवादीका रामप्रवेश साह यादवले १ हजार ८९९ मत पाएका छन् । 

मेयरमा पनि एमालेका नागेन्द्रप्रसाद यादव २ हजार ७६७ मतसहित अग्रस्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्