
धनुषाको विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका बेचन दास तत्मा विजयी भएका छन् ।
यसअघि २०७४ सालको स्थानीय तहमा नेकपा माओवादी केन्द्रबाट मेयरमा जितेका उनले नेकपा विभाजनपछि एमाले रोजेका थिए ।
उक्त नगरपालिकाको मेयरमा दोस्रो पटक उनी दोहोरिँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता यादवले पछ्याइरहेका थिए ।
त्यसै गरी उपप्रमुखमा पनि नेकपा एमालेकी आशादेवी झा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सीमाकुमारी महतोले उनलाई पछ्याइरहेकी थिइन् ।