०७ साउन २०८३, बिहीबार
स्थानीय चुनाव

भरतपुरमा ३३ हजार ६८६ मत गणना : विजयभन्दा रेनु ६ सय १ मतले अगाडि

भरतपुरमा ३३ हजार ६८६ मत गणना : विजयभन्दा रेनु ६ सय १ मतले अगाडि

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् । 

३३ हजार ६८६ मत गणना हुँदा दाहालले ७ हजार ८५७ मत पाएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ७ हजार २५६ मत पाएका छन् ।

दाहालले सुवेदीसँग ६ सय १ मतान्तर कायम राखेकी छन् । 

कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ३ हजार ७३९ मत पाएका छन् । 
 

कमेन्ट गर्नुहोस्