
बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी ६ हजार २ सय ७२ मत सहित निर्वाचित भएका छन् । उनी अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि चुनिएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल अहिरले ५ हजार १ सय २५ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकी साहिदा बानो ५ हजार ८ सय ८४ मत सहित निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी तरन्नुम बानोले ४ हजार ७ सय ५४ मत पाइन् ।