२० असार २०८३, शनिबार

बर्दियाको मधुवन नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसको जीत

बर्दियाको मधुवन नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसको जीत

बर्दियाको मधुवन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । 

नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले ८ हजार ७७५ मत सहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९३१ मत प्राप्त गरे ।

यस्तै नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै अनिता चौधरी ८ हजार ३३५ मत सहित निर्वाचित भइन् । 

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शुभद्रा चौधरीले ७ हजार ८९९ मत प्राप्त गरिन् ।  

salt training

कमेन्ट गर्नुहोस्