
मकवानपुरको थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले जितेको छ ।
माओवादीका उम्मेदवार विष्णुबहादुर बिष्ट मेयरमा विजयी भएका छन् ।
विष्टले ९ हजार ७१९ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अचुतम प्रसाद ढकालले ७ हजार ७७१ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका छन् । गोपालीले ८ हजार ६०७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना वलामीले ८ हजार ५२२ मत पाएकी छन् ।