
जाजरकोटको छेडागाड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रत्नबहादुर खड्का विजयी भएका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका खड्काले एमालेका लालबहादुर महतारालाई पराजित गर्दै चुनाव जितेका हुन् । महतारा छेडागाडका निवर्तमान मेयर हुन् ।
खड्काले ८ हजार ६०५ मत पाउँदा महताराले ४ हजार ९१८ मत पाएका छन् । खड्का २०७४ सालको निर्वाचनमा एमालेका महतारासँग पराजित भएका थिए ।
उपप्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर थापा ‘अपील’ निर्वाचित भएका छन् । उनले ७ हजार ४६१ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी अन्जु थापाले ५ हजार ४३६ मत पाएकी छन् ।