
पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका अनोज चौधरी ४ हजार ५६० मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामपृत महतोले ३ हजार २९९ मत र जनता समाजवादी पार्टीका विकाउप्रसाद भण्डारी थारुले १ हजार ४१२ मत ल्याएका छन् ।
उपाध्यक्षमा कांग्रेसकै रेखा चौधरी ४ हजार ७१० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उषादेवी थरुनीले २ हजार ९६५ मत, जसपाकी बिन्दुदेवी थरुनीले १ हजार ४२८ मत ल्याएकी छन् ।