
काठमाडौं महानरपालिका वडा नम्बर ५ एमालेले जितेको छ । एमालेका उम्मेदवार वीरेन्द्र प्रजापति १ हजार ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश डंगोलले १ हजार ५७५ मत ल्याएका छन् । ५ हजार ९९९ मतदाता मध्ये वडा नम्बर ५ मा ४ हजार ७९ मत खसेको थियो ।