![ललितपुरको मतगणनास्थलमा किन पुगे बालेन ? [भिडियाे]](https://lktcdn2.prixacdn.net/media/Balen_lisTcDPz4K.jpg)
काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह प्रतिनिधिको रूपमा ललितपुर महानगरको मतगणनास्थल पुगेका छन् ।
काठमाडौं महानगरको मगणनामा अग्रता कायम गरेका बालेन्द्र साहले ललितपुरका मेयरका उम्मेदवार चिरिबाबु महर्जनलाई भेटेका छन् ।
ललितपुरमा पनि महर्जनले मतगणनामा अग्रता हासिल गरिरहेका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर–१० बाट उम्मेदवार बनेका नरसिंह व्यञ्जनकारको प्रतिनिधिको रुपमा साह ललितपुर महानगरको मतगणनास्थलमा पुगेका हुन् ।
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा ललितपुर महानगरपालिकाको मतगणना भइरहेको छ ।
भिडियाेमा हेर्नुहाेस् ललितपुरमा वालेन