
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको मत १७ हजार नजिक पुगेको छ ।
४२ हजार ९४८ मत गन्दा बालेनले १६ हजार ७७५ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७२६ मत पाएका छन् ।
स्थापितभन्दा बालेनले ८ हजार ४९ मत बढी ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ८३३ मत ल्याएकी छन् ।