
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका केदारनाथ यादव २६ मत अन्तरले निर्वाचित भएका छन् । ३ हजार ४०७ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शत्रुघनप्रसाद साहले ३ हजार ३८१ मत र जनता समाजवादी पार्टीका प्रयागलाल यादवले १ हजार ८०४ मत ल्याएका छन् ।
गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी निलम यादव ३ हजार ४६२ मत ल्याएर निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसकी प्रमिला यादवले ३ हजार २२६ मत र जसपाकी कविताकुमारी यादवले १ हजार ८६० मत ल्याएकी छन् ।