
भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
२९ हजार ४४७ मतगणना हुँदासम्म दाहालले १९०६ मतको अग्रता लिएकी हुन् ।
रेनुले १० हजार ७४८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८८४२ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४८४३ मत पाएका छन् ।