
पोखरा महानगरपालिकाको मतगणनास्थलमा विवाद भएको छ । दलका प्रतिनिधि विषयमा विवाद भएको हो ।
गणनास्थलमा २ जना मात्रै प्रतिनिधि बस्ने भए पनि कांग्रेसका ९ जना बसेपछि विवाद भएको एमाले जनाएको छ ।
‘दुई जना मात्रै बस्नुस् भन्दा तँ बोल्ने को होस् भन्दै घचेट्ने, टच गर्न थालेपछि विवाद भएको हो,’ एक एमाले कार्यकर्ताले भने ।
यता प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले खासै विवाद नभएको बताए ।