
पर्साको ठोरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ वियजी भएका छन् ।
माओवादी केन्द्रका पदमलाल श्रेष्ठलाई झण्डै ७ सय मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार श्रेष्ठ विजयी भएका हुन् ।
लालबहादुरले ४ हजार ४९ मत प्राप्त गर्दा पदमलालले ३ हजार ३२९ मत प्राप्त गरे । उपाध्यक्षमा पनि गोकुलीकुमारी रेग्मी विजयी भएकी छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा यो ठाउँमा माओवादी केन्द्र विजयी भएको थियो ।