×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

‘भिजनरी मेयर’ भरत जसले सबै प्रतिस्पर्धीको कुल मतभन्दा १७ सय बढी ल्याएर जिते

जेठ ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सर्लाहीको बागमती नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार भरत थापा दोहोरिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बुधबार दिउँसो सम्पन्न मतगणना अनुसार थापा ११ हजार ३५७ मत ल्याएर विजयी भएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशकै ‘भिजनरी’ मेयरको छवी बनाएका थापाले उक्त नगरपालिकामा मेयरमा अरु सबै प्रतिस्पर्धीले पाएको कुल मतभन्दा १७ सय बढी ल्याएर विजयी भएका हुन् । 


Advertisment
Nabil box
Kumari

उनका निकटम प्रतिद्वन्द्वी एमालेका टंकबहादुर बस्नेतले ७ हजार ३६८ मत मात्रै पाएका छन् । 

Vianet communication
Laxmi Bank

थापासँग अरू दल र स्वतन्त्र उम्मेदवार समेत गरेर नौ जनाले मेयरमा प्रतिस्पर्धा गरेका थिए । उनीहरू सबैले पाएको मत जोड्दा ९ हजार ६५८ मात्रै हुन्छ । थापा एक्लैले ११ हजार ३५७ मत पाएका छन् । 

बागमती नगरपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै उम्मेदवार लीलाकुमारी मोक्तान विजयी भएकी छन् । उनले १० हजार ८७९ मत पाइन् । उनले पनि उपप्रमुखका अन्य सबै उम्मेदवारले पाएको मतको योगफलभन्दा बढी मत पाएकी छिन् ।

बागमतीको उपप्रमुखमा एमालेले सरिता घिसिङलाई उम्मेदवार बनाएको थियो । उनले ७ हजार ७०५ मत मात्रै पाइन् । कांग्रेसको उम्मेदवार पदमकुमारी अधिकारीले १ हजार ९८८ मत ल्याइन् । राप्रपाको मनकुमारी कामीले ७९ र मंगोल नेशनल अर्गनाइजेशनका कन्चन पुलामीले जम्मा २९ मत मात्रै पाए । 

उक्त नगरपालिकाको जम्मा १२ वटा वडामध्ये माओवादी केन्द्रले मात्रै १० वटा वडामा जीत हासिल गरेको छ । ८ नम्बर वडा एमाले र ९ नम्बर वडामा कांग्रेसले जितेको छ ।

अघिल्लो कार्यकालमा मेयर थापाले नगरपालिकामा उत्कृष्ट कार्यसम्पादन गरेका थिए । नगरपालिकालाई आत्मनिर्भर बनाउन उनले गेम चेन्जर पूर्वाधार परियोजना निर्माण गरिरहेका छन् । 

शिक्षा र स्वास्थ्य क्षेत्रमा थापाको नेतृत्वमा नमूनायोग्य काम भएको छ । पूर्वाधार विकासमा नगरपालिकाले करोडौं लगानी गरेका छन् । 

केही वर्षमा नगरपालिकाले आन्तरिक स्रोतबाटै आत्मनिर्भर हुने गरी योजना कार्यान्वयन गरिरहेको छ ।​

पढ्नुहाेस् याे पनि 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x