
गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल निर्वाचित भएका छन् ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको आज सम्पन्न मतगणनामा रिसाल विजयी भएका हुन् ।
रिसालले नौ हजार ६९२ मत पाई विजयी हुनुभएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आठ हजार ५०४ मत पाएका छन् ।
उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी भएकी छन् । उनले आठ हजार ८०४ मत पाइन् ।
लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले आठ हजार ६७१ मत पाएकी छन् ।