२० असार २०८३, शनिबार

आठबिस नगरप्रमुखमा एमालेका तर्क र उपप्रमुखमा कल्पना निर्वाचित

आठबिस नगरप्रमुखमा एमालेका तर्क र उपप्रमुखमा कल्पना निर्वाचित

आठबिस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।

एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भए भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भइन्। 

कांग्रेसका उम्मेदवार प्रेमप्रकाश शाहीलाई २६१ मतान्तरले हराउँदै बडुवाल विजयी भएको आठबिस नगरपालिकाका निर्वाचन अधिकृत ओमबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार बहुमत वडासहित विजयी बडुवालले पाँच हजार ३२७ मत ल्याए । पराजित शाहीले पाँच हजार ६६ मत मात्रै पाए । 

यस्तै उपप्रमुखमा एक हजार ४८ मतान्तरले एमालेकी थापा विजयी भइन् । कांग्रेसकी उम्मेदवार निशा थापाले चार हजार ९६५ मत ल्याएर पराजित हुँदा थापाले पाँच हजार ११३ मत ल्याएर विजयी भइन्।
 

salt training

कमेन्ट गर्नुहोस्