
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
बिहीवार बिहान साढे २ बजेको अपडेट अनुसार दाहालले १३ हजार ९४३ मत ल्याएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ११ हजार १२६ मत ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५ हजार ८२५ मत ल्याएका छन् ।