०१ साउन २०८३, शुक्रबार

यि ज्योतिष आँखा देख्दैनन्, तर भविश्य हेर्छन्

कात्तिक २०, २०७४
यि ज्योतिष आँखा देख्दैनन्, तर भविश्य हेर्छन्

पथरी, २ साउन– दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन् न्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो ।

सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हेर्न आउनेको भीड नै लाग्ने गर्छ । जन्मदै दृष्टिविहीन जन्मिएका दाहाल भन्छन्, ‘मैले पढेको होइन । अन्तर ध्यानबाट देख्छु र भन्छु । कसको कति मिलेको छ, मलाई थाहा छैन् तर मैले गरेको भविष्यवाणी नमिलेको भए यो शहरबाट मलाई खेदाइसक्थे होला नि ।’

उनले भने, ‘हेराउन आउँदाभन्दा पछि हजुरले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै भयो भन्दै खुशीका साथ उपहार लिएर आउने धेरै रहेका छन् ।’

जसले विश्वास गर्छ उनीहरूले नयाँ ग्राहक लिएर दाहाललाई भेट्न पुग्ने गरेका छन् । त्यसो त महाप्रसाद मात्र होइन उनकी अर्धाङ्गिनी मनकुमारी पनि दृष्टिविहीन नै छन् । महाप्रसादले पहिले सपाङ्ग महिलासँग बिहे गर्नुभएको थियो तर एउटा छोरो जन्मिएपछि श्रीमती अर्कैसँग गइन् ।

अहिले उनका जेठीपट्टिका छोरा वैदेशिक रोजगारमा साउदी अरबमा छन् । महाप्रसाद दैनिक कमाएर ल्याउनुहुन्छ, मनकुमारी, खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, इष्टमित्र राख्ने सबै काम आफैँ भ्याउँछन् । ‘ईश्वरले जस्तो गरिखानु भने त्यस्तै गरिरहेको छु,’ उनी भन्छन् ।

आफन्त इष्टमित्र भए पनि कसैले केही सहयोग नगरेको उनीहरूको भनाइ छ । उनीहरूका आफन्त नभएका होइनन् तर कहिलेकाहीँ आउने बाहेक केही भरोसा छैन् । सरकारी स्तरबाट दुवैजनाले प्रतिव्यक्ति मासिक रु ६÷६ सय पाउँछन्। तर त्यो पैसाले घर भाडा तिर्न पनि पुग्दैन ।

‘मासिक एक हजार ५०० घर भाडा तिर्नुपर्छ,’ उनी सुनाउँछन् । उनीहरुसँग डेरा बस्ने बिमला चौधरी र अनिता साहका अनुसार दाहालसँग ज्योतिष हेराउन आउनेले खुशीका साथ दक्षिणा दिन्छन् । दैनिक दुई÷तीनजना आउने गरेको उनले बताइन् । ‘हामी ३ वर्षदेखि यहीँ घरमा सँगै बस्छौँ । दुई/तीनजना मान्छे नआएको दिनै हुँदैन, शनिबार र मङ्गगबार त पालो कुर्नुपर्छ,’ बिमलाले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्