११ साउन २०८३, सोमबार

नागेश-शिल्पा अघिअघि सागर-अरमेन्द्र पछिपछि

नागेश-शिल्पा अघिअघि सागर-अरमेन्द्र पछिपछि

विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १९ हजार १७३ मतसहित अग्रस्थानमा कायम छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले  १४ हजार ३३८ मतसहित कोइरालालाई पछ्याइरहेका छन् । राप्रपाका प्रलाद साहले भने ३ हजार ७ सय मत ल्याएका छन् । 

यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्कीले १६ हजार ५५२ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् । जसपाका अरमेन्द्र यादवले भने ९ हजार ८१५ मत ल्याएका छन् । 

राप्रपाकी विन्दाकुमारी लुइँटेलले ४ हजार ४९३ मत ल्याउँदा स्वतन्त्र नमिता न्यौपानेले ३ हजार ५४९ मत ल्याएकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्