१३ असार २०८३, शनिबार

एमाले विजयी हुँदा सुनवलले पायो प्रदेशकै पहिलो महिला मेयर

जेठ ५, २०७९
एमाले विजयी हुँदा सुनवलले पायो प्रदेशकै पहिलो महिला मेयर

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका छन् । 

मेयरका उम्मेदवार विमला अर्यालले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २१८ मत अन्तरले पराजित गरेर विजयी भएकी हुन् ।

अर्यालले १४ हजार ८३८ ल्याउँदा पोखरेलले ११ हजार ६२० मत ल्याए । उनी लुम्बिनी प्रदेशकै पहिलो महिला मेयर बनेकी हुन् । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुबे विजयी भएका छन् । दुबेले माओवादी केन्द्रका लेखनाथ खरेललाई ४ हजार ९०८ मतान्तरले पराजित गरेर विजयी भएका हुन् ।

दुबेको १३ हजार ७९८ र खरेलको ८ हजार ८९० मत छ । त्यहाँ कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । १३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्