३० असार २०८३, मंगलबार

मेयर बन्न सांसदबाट राजीनामा दिएका कुशवाहा पराजित

मेयर बन्न सांसदबाट राजीनामा दिएका कुशवाहा पराजित

मेयर बन्नकै लागि सांसदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा पराजित भएका छन् । 

मधेस प्रदेशको सांसद पदबाट राजीनामा गरेका नेपाली कांग्रेसका नेता कुशवाहा सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा पराजित भएका हुन् । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का देवेन्द्रकुमार यादवले उनलाई पराजित गरेका हुन् । 

यादवले ५ हजार २९४ मत ल्याउँदा कुश्वाहाले ४ हजार ७५२ मत मात्रै प्राप्त गरे ।

२०७४ को स्थानीय तह निर्वाचनमा समेत मेयर पदमा प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए । तर, पछि प्रदेश सभाको निर्वाचनमा उनी निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्