१३ असार २०८३, शनिबार
स्थानीय चुनावकाे नतिजा

५७० स्थानीय तहमा २९ हजार ३०३ जना प्रतिनिधि निर्वाचित

५७० स्थानीय तहमा २९ हजार ३०३ जना प्रतिनिधि निर्वाचित

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसोसम्म ५ सय ७० स्थानीय तहको नतिजा आएको निर्वाचन आयोगले बताएको छ । 

अहिलेसम्म आएको नतिजाअनुसार २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । सबै स्थानीय तहको नतिजा आउँदा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

बिहीबारसम्म १७४ नगरपालिकाका प्रमुख, उपप्रमुख, ३९६ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएर आयोगमा विवरण प्रविष्ट भइसकेको पौडेलले बताए । 

आयोगका अनुसार, बिहीबार दिउँसोसम्म ५ हजार ६५९ वडाध्यक्ष, ५ हजार ६५३ महिला सदस्य ५ हजार ५५६ दलित महिला  सदस्य र १ हजार २९५ जना वडा सदस्य निर्वाचित भएका छन् । 

कानूनअनुसार, जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको अन्तिम कार्यकाल हुने भए पनि मतगणना ढिलो हुँदा नयाँ निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्न पाएका छैनन् । 

 ‘मतगणना टोली बढाएर यथाशाक्य छिटो मतगणनाको कार्य सम्पन्न गर्न यसअघि नै निर्देशन दिइसकिएको छ,’ पौडेलले भने, ‘छिटोभन्दा छिटो मतगणना सम्पन्न गराउन हामी अझै पनि प्रत्यत्नशिल छौं ।’

मतदान र मतगणनाको क्रममा कानून विपरित अनियमितता गर्नेहरुलाई पक्राउ गरी निर्वाचन कसुर ऐन अन्तर्गत कारबाही गर्न आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको पनि पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्