०९ साउन २०८३, शनिबार

विराटनगर अपडेटः ६४ हजार २८० मत गनेर सकियो, नागेशको अग्रता कायमै

विराटनगर अपडेटः ६४ हजार २८० मत गनेर सकियो, नागेशको अग्रता कायमै

विराटनगर महानगरपालिकामा ६४ हजार २८० मतगणना सम्पन्न भएको छ । एक लाख ३३ हजार १४२ मध्ये ६७ दशमलव ३५ प्रतिशत अर्थात् ८९ हजार ६७८ मत खसेको छ । 

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ । उनले २० हजार ९७५ मतसहित अग्रता कायम गरिरहेका छन् । एमालेका सागरकुमार थापाले उनलाई पछ्याइरहेका छन् । 

थापाले १५ हजार ४३४ मतसहित दोस्रो स्थानमा छन् । जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ६ हजार ४७७ मत प्राप्त गरेका छन् । राप्रपका प्रलाद साहले भने ४ हजार १७ मत प्राप्त गरेका छन् । 

उपमेयरमा एमालेकी शिल्पा पोख्रेलले १७ हजार ८७९ सहित अग्रता कायम गरिरहेकी छन् भने गठबन्धन तर्फका जसपाका अमरेन्द्र यादवले १० हजार ३९४ मत ल्याएका छन् । 

राप्रपाकी बिन्दाकुमारी लुइँटेलले भने ४ हजार ८६६ मतसहित तेस्रो स्थानमा छन् । 

माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले ३ हजार ७८९ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्