
काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत साढे २४ हजार नाघेको छ ।
६५ हजार ४२७ मत गन्दा बालेनले २४ हजार ६१८ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १३ हजार २४६ मत पाएका छन् ।
स्थापितभन्दा बालेनले ११ हजार ३७२ मत बढी ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ३०७ मत ल्याएकी छन् ।