३२ असार २०८३, बिहीबार

यसकारणले पो डाक्टरहरू बिरामी नहुने रहेछन्

कात्तिक २०, २०७४
यसकारणले पो डाक्टरहरू बिरामी नहुने रहेछन्

काठमाडौं, २ साउन — अहिले भाइरल ज्वरोका कारण धेरैजना भकाभक बिरामी परेका छन् । गर्मी र वर्षमा संक्रमण छिट्टो फैलिने हुनाले हाँच्छ्यु गर्दा वा खोक्दा मात्र पनि रोग सरिहाल्छ ।


संक्रमण भएपछि मानिसहरू डाक्टरकहाँ जान्छन् । कहिल्यै सोच्नुभएको छ, यत्तिका रोगीहरूलाई भेटेपछि पनि डाक्टरहरू किन बिरामी हुँदैनन् त ? डाक्टरहरूका केही बानी हुन्छन् जसलाई अपनाउँदा तपाईं पनि बिरामी हुनबाट बच्न सक्नुहुन्छ ।

रक्सीको सेवन अत्यधिक गर्दा शरीरको रोगप्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यसकारण शरीरमा संक्रमणको खतरा बढ्छ । स्वस्थ रहनुछ भने जाँड पिउन छोड्नुस् ।

संक्रमणबाट बच्नका लागि आहारमा प्रोबायोटिकको मात्रा बढाउनुस् । प्रोबायोटिक दही खान थाल्नुस् ।

कुनै पनि वस्तुलाई छुनुअघि राम्ररी हात धुनुस् । राम्रो गुणस्तरको स्यानिटाइजर र साबुन प्रयोग गर्नुस् । डाक्टरहरू रोगीलाई जाँच गरिसकेपछि हात धोइहाल्छन् ।

शरीरलाई रोगबाट बचाउन नियमित व्यायाम गर्नुस् । यसले इम्युनिटी पावर राम्रो हुन्छ ।

भाइरल ज्वरोबाट बच्नका लागि गुलिया खानेकुरा कम खानुस् । पगिता गुलिया खानेकुरा खाँदा शरीरमा अनेकथरी रोगले डेरा जमाउँछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्