११ असार २०८३, बिहीबार

बेलबारी नगरपालिकामा एमाले विजयी

बेलबारी नगरपालिकामा एमाले विजयी

मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन् ।

राइले १६ हजार ४२२ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याएका छन् । 

उपमेयरमा कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छन् । एमालेकी तिलकुमारी गौतमले १३ हजार ६०५ मत पाएकी छन् ।

बेलबारीमा कांग्रेसले १, ४, ६, ९, १०, ११ नम्बर वडामा जीत हासिल गरेको छ भने एमालेले २, ३, ५, र ७ नम्बर वडा जितेको छ । स्वतन्त्रले ८ नम्बर वडा जितेको छ ।

गत चुनावमा बहुमतसहित बेलबारीमा एमालेले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्