३१ असार २०८३, बुधबार

यसै वर्ष विश्वव्यापी भोकमरी आउन सक्ने चेतावनी

जेठ ६, २०७९
यसै वर्ष विश्वव्यापी भोकमरी आउन सक्ने चेतावनी

अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् । 

यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति आउन सक्ने उनले बताए । 

‘जाडो शुरू हुने बेलातिर विश्वभरि खाद्यान्नको अभाव हुनेछ । तर रुसले यो समस्या भोग्नुपर्ने छैन, उल्टो रुससँग पर्याप्त खाद्यान्न हुनेछ,’ ओरेश्किनले बताए । 

विश्व बजारमा गहुँको मूल्यमा वृद्धि हुँदा भोकमरीको सम्भावना बढ्ने उनको भनाइ छ । यसका लागि अमेरिकाको गैरजिम्मेवार मुद्रा प्रणाली दोषी रहेको उनी बताउँछन् । 

‘सन् २०२० सम्म विश्व बजारमा गहुँको मूल्य स्थिर थियो । तर त्यही वर्षको जुलाई महिनादेखि जथाभावी डलर छाप्न थालियो अनि मूल्यवृद्धि चर्कियो,’ उनले बताए । 

कोभिड महामारीको प्रभावलाई न्यून गर्नका लागि अमेरिकाले स्वेच्छाचारी रूपमा डलर छापेको हो । अझ बाइडन प्रशासनको ताजा गतिविधिले कुरा बिगारेको ओरेश्किनको भनाइ छ । 

‘अमेरिकाले युक्रेनसँग भएको अन्नबाली भण्डार हत्याउन खोजेको छ । यसले युक्रेनमा गम्भीर मानवीय समस्या निम्त्याउँछ । अनि यसले विश्वमा भोकमरी पनि बढाउँछ,’ ती ओरेश्किनले चेतावनी दिए । 

यो वर्ष गहुँको मूल्य ६० प्रतिशत भन्दा बढीले आकासिएको छ । युक्रेन द्वन्द्व तथा मस्कोमाथिको प्रतिबन्धका कारण आपूर्ति शृंखलामा आएको रोकावटका कारण मूल्यवृद्धि भएको हो । रुस र युक्रेनले संसारको गहुँ निर्यातको लगभग एक तिहाइ भाग ओगटेका छन् । 

रुस, कजाकास्तान र भारत जस्ता ठूला गहुँ उत्पादक मुलुकले आफ्नै जनतालाई खुवाउनका लागि भन्दै निर्यात प्रतिबन्ध लगाएपछि परिस्थिति झनै बिग्रेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्