०६ असार २०८३, शनिबार

विदुर नगरपालिकाको उपमेयरमा गठबन्धनका उम्मेदवार बोगटी विजयी

विदुर नगरपालिकाको उपमेयरमा गठबन्धनका उम्मेदवार बोगटी विजयी

नुवाकोटको विदुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी प्रभा बोगटी विजयी भएका छन् ।

एमालेका सञ्जु पण्डितलाई पराजित गर्दै कांग्रेसका श्रेष्ठ मेयर विजयी भएका हुन् । 

पण्डित यसअघि विदुरको मेयर थिए । एमालेकी अम्बिका नेपाललाई पराजित गर्दै माओवादीकी बोगटी उपमेयर निर्वाचित भएकी हुन् । 

लामो समय पत्रकारिता क्षेत्रमा काम गरेकी बोगटी माओवादीका पूर्व महासचिव स्व पोष्टबहादुर बोगटीकी छोरी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्