३० असार २०८३, मंगलबार
स्थानीय चुनाव

ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपाका राम थापा विजयी

ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपाका राम थापा विजयी

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा  राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा मेयरमा निर्वाचित भएका छन् ।

दमकमा एमालेलाई पराजित गर्नका लागि ६ दलीय गठबन्धन बनेको थियो । एमालेविरूद्ध राप्रपा, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका थिए । 

तर, एमालेले नगरपालिकाको १० वटा वडामध्ये ७ वटा वडामा एमालेले जितेको छ । कांग्रेसले २ र राप्रपाले एउटा मात्रै वडा जितेको छ । 

निर्वाचन आयोगले दमक नगरपालिकाको १० वटै वडाको अन्तिम मत परिणाम घोषणा गरेको छ । 

निर्वाचन परिणामअनुसार, राप्रपाका उम्मेदवार राम थापाले ५५९ मतले एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । 

अन्तिम मतपरिणाम अनुसार थापाले १७ हजार ५ सय २५ मत पाउँदा पौडेलले १६ हजार ९ सय ६६ मत पाएकी छिन् । 

यस्तै, उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराई विजयी भएकी छिन् । उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६ हजार ५ सय ७४ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्