१६ असार २०८३, मंगलबार

सौन्दर्य प्रतियोगितामा शारीरिक शोषणको आरोप बारे अनुसन्धान गर्न बन्यो समिति

सौन्दर्य प्रतियोगितामा शारीरिक शोषणको आरोप बारे अनुसन्धान गर्न बन्यो समिति

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा बलात्कारको सिकार भएको गुनासो सहित प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ ।  

भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुँडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्