०३ असार २०८३, बुधबार

काठमाडौं–८ मा कांग्रेस विजयी

काठमाडौं–८ मा कांग्रेस विजयी

काठमाडौं महानगरपालिकाको ८ नम्बर वडामा नेपाली कांग्रेसबाट आसामान संगत अध्यक्षमा विजय भएका छन् ।

संगतले नेकपा एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । उनको प्यानलनै निर्वाचित भएको छ । 
 
संगतले १ हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरे । सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएका छन् ।

महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय भएका छन् ।

हाल कामपा १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ नम्बर वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । ७, ९, १०, २४, २५, २६, २७ र ३१ नम्बर वडाको मत गणना कार्य जारी छ । 

कामपामा कूल मतदाता ३ लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्