१७ असार २०८३, बुधबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः बालेनको मत साढे ३४ हजार, सुनिताको ३५ हजार

काठमाडौं अपडेटः बालेनको मत साढे ३४ हजार, सुनिताको ३५ हजार

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजारभन्दा बढी मत ल्याएका छन् । 

शनिवार अपरान्ह ४:२० सम्म ९५ हजार ८७७ मत गन्दा बालेनले ३४ हजार ४८७ मत ल्याएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार १५०  मत ल्याएका छन् । केशवसँग बालेनको १५ हजार ३३७ को मतान्तर छ । सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ हजार ८३१ मत पाएकी छन् ।

यस्तै उपप्रमुखकी उम्मेदवार एमालेकी सुनिता डंगोलले ३५ हजार ८२ मत ल्याएर अग्रस्थानमा छिन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ११ हजार ५६८ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्