२७ असार २०८३, शनिबार

इटहरीको मेयरमा गठबन्धनका उम्मेदवार विजयी, उपमेयरमा एमाले

इटहरीको मेयरमा गठबन्धनका उम्मेदवार विजयी, उपमेयरमा एमाले

सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यामकुमार चुंगवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गर्दै पौडेल विजयी भएका हुन् ।

विजयी पौडेलले ३३ हजार ४९ मत पाएका छन् भने पराजित यामकुमार चुंगवाङ सुब्बाले २८ हजार ३१ मत पाएका छन् ।

उपमेयरमा भने गठबन्धनलाई धक्का लागेको छ ।  उपमेयरमा नेकपा एमालेकी उम्मेदवार संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् । 

चौधरीले ३२ हजार ४३६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्टले १८ हजार ३१ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्