
स्थानीय निर्वाचनको मतगणना अन्तिम तिर आइपुगेको छ।
निर्वाचन आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार हाल सम्म ७ सय पालिकाको मतगणना सम्पन्न भएर मतपरिणाम पनि निर्वाचन आयोगको डेटामा प्रविष्ट भइसकेको छ।
५१ स्थानीय तहको भने मतगणना जारी छ।
बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना शुरू भएको छैन।