×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

धरान उपमहानगरमा पनि लौरोको चमत्कार, लाहुरेको शहरमा यसरी उदाए हर्क साम्पाङ

जेठ ८, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

न कुनै संगठन, न अघिपछि लाग्ने कार्यकर्ताहरूको भीड, एउटा अटोमा माइक राखेर एक्लै जनताको मुद्दा उठाउँदै हिँड्ने र एक्लै भोट माग्ने हर्क साम्पाङ राई धरान उपमहानगरपालिकाको मेयर निर्वाचित हुने लगभग पक्का भएको छ । गन्न बाँकी मतभन्दा उनको अग्रता बढी रहेकाले जीत पक्का भएको हो ।

Muktinath Bank

सीमित व्यक्तिहरूको सहयोगमा एकदमै सामान्य चुनावी अभियान चलाएर जनताको घरदैलोमा पुगेका साम्पाङलाई जनताले धरानको नेतृत्व सुम्पिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चुनावी अभियानमा घरदैलोमा पुग्दा नै उहाँलाई हेर्ने दृष्टिकोण एकदमै राम्रो पाएका थियौं,’ उनलाई चुनावी अभियानमा साथ दिएका निकै कम व्यक्तिमध्येका एक सुदर्शन लिम्बूले लोकान्तरसँग भने, ‘धराने जनताको सबैभन्दा ठूलो समस्या खानेपानी हो । त्यही खानेपानीको विषयमा उहाँले अख्तियार जानेदेखि खबरदारी गर्नेसम्म गर्नुभयो । त्यही मुद्दाले उहाँलाई धरानको मेयर बनायो ।’


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेमाथि भारी परेका साम्पाङ सामाजिक अभियन्ता हुन् । १० वर्षदेखि उनले धरानमा जनसरोकारका मुद्दा उठाइरहेका छन् । 

Vianet communication
Laxmi Bank

खानेपानीदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जलाधार संरक्षणको विषयमा समेत उनले कुरा उठाउने गरेका थिए । विकृतिविरुद्ध चर्काे विरोध गर्ने साम्पाङ प्रस्ट वक्ताका रूपमा चिनिन्छ । 

समस्या पर्दा जनप्रतिनिधिको घरमा पुग्नुभन्दा अगाडि धराने जनता उनै साम्पाङकोमा पुग्ने गरेका थिए । उनले सम्बन्धित निकायलाई जानकारी गराएर तुरुन्तै समस्या समाधान गर्ने र समस्या समाधान नभए जनताकै घरदैलोमा गएर काम नगर्ने निकायहरूको गतिविधि छताछुल्ल पार्ने गरेको धरानका अशोक शर्मा बताउँछन् । 

साम्पाङ वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका थिए । विदेशबाट फर्किएपछि राष्ट्रिय एकता सञ्जाल नामको संस्था खोलेर उनले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरे । उनले टेम्पो एकता संघ समेत खोलेका थिए । उनी आफैँ पनि टेम्पो व्यवसायी हुन् । उनी एक्लै माइक बोकेर सडकका चोकहरू तथा गल्लीगल्लीमा पुगेर भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउँथे ।

एमालेको गढ मानिएको धरानमा गत उपनिर्वाचनमा कांग्रेसका तिलक राईले जितेका थिए । निवर्तमान मेयर राई खानेपानी उपभोक्ता समितिमा रहेर लामो समयसम्म काम गरेका व्यक्ति हुन् ।

एसियाली विकास बैंक (एडीबी) को लगानीमा एकीकृत शहरी विकास आयोजनाको सहकार्यमा २ अर्ब १७ करोड बराबरको लगानीमा नेपाल सरकार र धरान उपमहानगरपालिका बीच ८ मे २०१२ मा आपसी सम्झौता गरी सन् २०१७ मा सम्पन्न गर्ने गरी योजना अगाडि बढाइएको थियो । त्यो कार्यक्रम सफल हुन सकेन । 

साम्पाङले धरान बजारको चोकचोकमा गएर यो योजना सफल नहुने भन्दै भाषण गर्ने गरेका थिए । सप्तकोशीको पानी ल्याए मात्रै धराने जनतालाई खानेपानी दिन सकिने उनको मान्यता छ ।

एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि २०७६ मा उपनिर्वाचन भएको थियो । त्यसबेला साम्पाङले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

धरानमा पानीको मुद्दा उठाउने साम्पाङले चुनाव चिह्न पानीको बोत्तल लिएका थिए । बोत्तलको पानीले उनलाई साथ दिएन । उनले ५ सय ४० मत मात्रै प्राप्त गरेका थिए । चुनाव हारे पनि उनले जनसरोकारका मुद्दा उठाउन छाडेनन् ।

उनी खानेपानी समस्यालाई प्रमुख मुद्दा बनाएर धरान उपमहानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गर्थे । खानेपानीको समस्या कहिले समाधान गर्छाैं भनेर चर्काे स्वरमा जनप्रतिनिधिहरूलाई प्रश्न गर्थे । 

भ्रष्टाचार किन बढ्यो ? जनताले पेटभरि पानी खान किन पाएनन् ? भनेर प्रश्न गर्दा धरानलाई अशान्त बनाएको आरोप लगाई उनलाई धेरैपटक प्रहरीले नियन्त्रणमा लिएको तथा भाषण गरिरहेको ठाउँबाट हटाउने गरेको सुदर्शन लिम्बूले बताए ।

धारामा पानी नआउँदा मात्रै होइन बाटो बिग्रँदा पनि उनैलाई खबर आउने गरेको थियो । समस्या समाधानका लागि सम्बन्धित निकायलाई तत्काल फोन गर्ने र काम नगरे सामाजिक सञ्जाल फेसबूकबाट लाइभ गरी त्यसको भण्डाफोर गर्ने गरेका थिए । त्यति गर्दा पनि नभए माइक बोकेर सम्बन्धित कार्यालयअगाडि पुगी भाषण गर्थे ।

धरान उपमहानगरमा लामो समय कम्युनिस्ट पार्टीले जितेको थियो । तर अघिल्लो उपनिर्वाचनमा भने जनताले कांग्रेसलाई रोजे । एमालेको गढ ढालेर कांग्रेसका तिलक राई मेयर चुनिए ।

निवर्तमान मेयर राई पटक–पटक विवादमा तानिए । कार्यकालको शुरूआतदेखि नै उनी विवादमा तानिएका हुन् । विष्णु पादुकामा रूख कटानदेखि विवादमा तानिएका राई मेयर बन्नुभन्दा अघि खानेपानी संस्थानलाई बोर्डमा गाभ्नुहुँदैन भन्ने पक्षमा आन्दोलित थिए, तर मेयर बनेपछि उनकै सक्रियतामा संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा गाभियो । पानीको समस्या समाधान हुनुको साटो झनै बढ्यो । यही प्रकरणले उनी र उनको पाटीमाथिको जनसमर्थन तीन वर्ष पनि टिक्न सकेन ।

कम्युनिस्ट र कांग्रेसबाट जितेको जनप्रतिनिधिहरूबाट धराने जनताले सोचेका विकास नपाएपछि नयाँ अनुहार हेरेका हुन् ।

लौरो चिह्न बोकेर चुनावमा होमिएका हर्क साम्पाङलाई जनताले धरानको नेतृत्व सम्हाल्ने ठाउँमा पुर्‍याएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x