०३ असार २०८३, बुधबार

यमुनामाई गाउँपालिकामा लोसपा विजयी

यमुनामाई गाउँपालिकामा लोसपा विजयी

रौतहटको यमुनामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदमा लोसपाका महमद साउद २ हजार ९२९ मत पाई विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भगतनारायण यादवले १ हजार ९९४ मत पाएका छन् । दुवैको मतान्तर ९३५ रहेको छ ।

गाउँपालिकाको उपाध्यक्षमा अनुराधा कुमारीले २ हजार ५०३ मत ल्याई विजयी भएकी छन् । उनले नेकपा माओवादी केन्द्रकी सिमाकुमारी पटेललाई ५३२ मतान्तरले पराजित गरेकी छन् । पटेलले १ हजार ९७१ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्