×

NMB BANK
NIC ASIA

यामाहाको नयाँ बाइक आर १५ एम नेपाली बजारमा, यस्ता छन् विशेषता

जेठ १०, २०७९

NTC
Premier Steels

यामाहाको सुविधासम्पन्न बाइक आर १५ एम आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ ।

Muktinath Bank

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१सम्म आयोजित 'महा एक्सचेञ्ज मेला' को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेनेसिस क्याफेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी छ ।


Advertisment
Nabil box
Kumari

 एम र आर-सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको यस आर १५ एम मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो ।

Vianet communication

र, नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ-कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू-लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।

 यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर १५ एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ ।

‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो-स्ट्रेश’ कायम गर्न मद्दत पुर्‍याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड-स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ ।

त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ ।

 आर १५ एम १५५ को विशेषताहरूबारे  जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ ।

राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुबिधा रहेको छ ।

कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यस अल-नेयू आर १५ एम, १५५ सिसि एलसिभी एसओएच्‌सी फ्युल-इन्जेक्टेड (एफआई) ईन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो । ट्रयाक्शन कन्ट्रोल र क्विक सिफ्टर जसले क्रमशः  चिप्लो बाटोमा ह्वीलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँछ र क्लच/ थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधिले आर १५ एम लाई अझ विशेष बनाएको कम्पनीको  भनाइ छ ।

यसले १०,००० आरपीएममा १८.४ एच्‌पी अधिक्तम पावर र ७५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्दछ ।

 यसैगरी, ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेण्ट क्लस्टरले आर १५ एम लाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजु क्षेत्रीले बताए ।

एन्ड्रोइड र एप्पल प्रयोग  गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथमार्फत जोडेपछि निम्न फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।

- गियर सिफ्ट इन्डिकेटर

- फ्यूल कन्जम्पशन इन्डिकेटर

- सिफ्ट-टाइमिङ्ग लाईट

- भिभिए इन्डिकेटर

- ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर

- मोबाइलफोनको ब्याट्री लेभल

- मेन्टेनेन्स रिकमेण्डेशन

- पार्किङ लोकेशन

- मालफङ्शन नोटिफिकेशन

- रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ

यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।

आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आर १५ एम को मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

आरवान १५ एमको लञ्चसँगै कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी” पनि सार्वजनिक गरेको छ । "रोड टू मोटोजिपी" यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x