२६ असार २०८३, शुक्रबार
स्थानीय चुनावको नतिजा

साढे २२ हजारको मतान्तरसहित वीरगन्जको मेयरमा राजेशमान विजयी

साढे २२ हजारको मतान्तरसहित वीरगन्जको मेयरमा राजेशमान विजयी

पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । 

महानगरका ३२ वटै वडाको मंगललवार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा गठबन्धनबाट जसपाका सिंह विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै सिंह मेयरमा निर्वाचित भएका हन् । 

पराजित सरावगी अघिल्लो पटक मेयरमा निर्वाचित भएका थिए । 

सिंहले ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित हुँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् ।  राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।

उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका आलम उपमेयरमा निर्वाचित भएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्