
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआरबीच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।
विगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै एससीटी युपीआई कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्तानी सुबिधा दिदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पे (युनियन पे/वीच्याट)मा आबद्ध भुक्तानी संयन्त्र मार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रधान गर्दै आएको फस्र्ट पे टेक्नोलोजिजबीच भएको सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवन्धनमा टेवा पुग्ने आशा लिएको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।
यस सम्झौता पश्यात फस्र्ट पे क्यूआरको सुबिधा लिएका बिभिन्न ब्यापार—ब्यवशायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार—ब्यवशायले फस्र्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरू मार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ ।
गत ४ गते स्मार्टच्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा फस्र्ट पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालबीच सम्झौतापत्रमा हस्ताक्षर तथा आदान प्रधान सम्पन्न भएको थियो ।