
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँणको अग्रता कायमै छ ।
खाँणले १९ हजार ८३१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापागाईंले १८ हजार ८६८ मतका साथ पछ्याइरहेका छन् ।
अब करिब १२ हजार मत गणना गर्न बाँकी छ । गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक हुँदा खाँण ९६३ मतान्तरले अगाडि छन् ।
उपमेयरमा भने एमाले उम्मेदवार जागेश्वरी चौधरीको जीत निश्चित जस्तै छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि छन् ।
चौधरीले १८ हजार ५४७ मत ल्याएकी छन् पाण्डेले ९ हजार १९६ मतमात्रै ल्याएका छन् ।
१७ वडामध्ये तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३,४,५, १२, १३ १५, १६ र १७ नं वडाको अन्तिम परिणाम आइसकेको छ । यीमध्ये वडा नं १, ४, १२ र १५ मा नेकपा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भैसकेका छन् ।