४ वर्षअघि नै मृत्यु भइसकेको व्यक्तिले कसैलाई कुटपिट गर्न सक्छ ? सक्दैन । तर भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लामा सडक दुर्घटनामा ४ वर्षअघि मृत्यु भएका व्यक्तिविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
औरास थाना क्षेत्रको गाउँमा २ वर्षअघि कुटाकुट भएको थियो । जसमा २ गाउँका पक्षबीच झगडा भएको थियो ।
उजुरीपछि छानबिन गरेर प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको छ, जसमा ४ वर्षअघि मृत्यु भइसकेका व्यक्तिको नाम समेत समावेश छ ।
मृतकका बुवाले छोराको मृत्यु भइसकेको जानकारी दिए पनि प्रहरीले नमानेका कारण मृतकको नाम अदालतसम्म पुगेको छ । मृतकविरुद्ध मुद्दा दायर गरिएको जानकारी उनका घरपरिवारका आफन्तले पाएका छन् ।