पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
जेठ १५, २०७९
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
नेपालको वाम आन्दोलनलाई दिशानिर्देश गर्न, शक्ति सन्तुलन गर्न र शक्ति सञ्चय गर्न मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष मान्न तयार क. मदन भण्डारी जीवित भएको भए शायद नेकपा एमालेलाई विना कुनै हिच्किचाहट माओवादी केन्द्रमा मर्जको प्रस्ताव राख्थे होलान् । प्रचण्डको नेतृत्व स्वीकार गर्न र माओवादी आन्दोलनका उपलब्धिहरूको खुलेर प्रशंसा गर्न उनलाई कुनै शक्ति र प्रतिशोध एवं स्वार्थले रोक्ने थिएन ।
पार्टी एकीकरणपछि म प्रथम अध्यक्ष भन्दै अहंकारले डुक्रिनुभन्दा प्रचण्डजी प्रथम अध्यक्ष हो, किनकी अढाइ सय वर्ष लामो राजतन्त्रलाई जरैबाट उखेलेर फ्याँक्न सशस्त्र संघर्षको आँधीबेहरी सिर्जना गर्ने क. प्रचण्डलाई म हृदयदेखि स्यालुट गर्न चाहन्छु भन्दै मदनले पार्टीलाई थप मजबुत र एक ढिक्का बनाउन हमेशा भूमिका खेल्थे होलान् ।
चरम व्यक्तिवाद र आत्मअहंकारको घोडामा चढेर वामपन्थी खास्टो ओढेका नक्कली कम्युनिस्ट मदन भण्डारी थिएनन् । देश, जनता र परिवर्तनप्रतिको उनको तृष्णा वास्तवमै एक कम्युनिष्ट विचारबाट निर्देशित थियो । विडम्बना मदनको मृत्युको सम्झनाले नेपालका वाम पार्टीहरूलाई ३ दशकपछि पनि स्तब्ध तुल्याएकै छ ।
क. मदन भण्डारीको व्यक्तित्व र विचारप्रति मेरो हृदयमा जुन सम्मान थियो फरक आस्था र फरक पृष्ठभूमिका बावजुद पनि शायद तपाईंहरूको हृदयमा त्यत्तिकै सम्मान थियो होला । श्रीपेच खोलेर राजालाई चुनाव लड्न आह्वान गर्ने मदन भण्डारी परिस्थितिको हतकडी चुँडाल्न नसक्दा संवैधानिक राजतन्त्रात्मक संविधान स्वीकार्न बाध्य भए ।
वस्तुस्थिति, मनस्थिति र परिस्थितिमा कहिलेकाहीँ राजनेताहरूलाई अनिच्छापूर्वक सम्झौताको पंक्तिमा उभ्याइदिन्छ ।
समयको त्यही त्रिकोणात्मक संघर्षकाबीच मदन भण्डारी नोट अफ डिसेन्टसहित संवैधानिक राजतन्त्रमा सहमत हुन पुगे ।
सम्झौताको त्यो च्याप्टर अलि फरक थियो र शायद भविष्यमा जनमतकै बलमा राजतन्त्र ढाल्न सकिने रणनीतिको एक हिस्सा थियो होला भन्ने लाग्छ ।
निर्वाचनद्वारा सत्ता हत्याउन सकिने आफ्नो चाहनालाई उनले जनताको बहुदलीय जनवादका नाममा सैद्धान्तीकरण गरे त्यसमा सहमति वा असहमतिका सबाल बहसको विषय होलान् । संघर्षमा चट्टान झैं कडा र सम्झौताको टेबलमा अपेक्षित नरमपनको चारित्रिक विशेषताले उनी समकालीन कम्युनिस्ट आन्दोलनको केन्द्र भागमा थिए । सारतः मदन भण्डारीप्रति आशा र भरोसा गर्नेहरूको जमात निकै ठूलो थियो ।
विडम्बना आजभन्दा झण्डै तीन दशकअघि मदन र जीवराजलाई नारायणी नदीको किनार (दासढुंगा)मा जसरी सुनियोजित हत्या गरियो, जुन हत्याकाण्डको पर्दा कहिल्यै खुलेन ।
यसपटक त्यही नारायणी किनारमा मदन–आश्रित हत्यास्थलबाट झण्डै ३ किलोमिटर पर सौराहाको चहल–पहलद्वारा उत्पन्न परिणामले मदन भण्डारीको विचारको हत्या हुँदैछ ।
२०५० को त्यो उखरमाउलो गर्मीमा मदनको हत्याको खबरले देशव्यापी मानवसागर उर्लियो । दासढुंगा हत्याकाण्ड जहाँ मदनको भौतिक रूपले हत्या भएको थियो, त्यसमा एमालेजनमा निकै ठूलो शोक र स्तब्धता थियो । मानिसहरूले सोचे, मदन–आश्रित हत्याकाण्डपछिको व्यापक जनसहभागिताले एमालेजनमा ऊर्जा पैदा गर्नेछ ।
मार्टिन लुथर किङले भने झैं परिवर्तनको बिहानी नझुल्केसम्म, न्यायका घमाइला दिनहरू नआएसम्म, समानताको खोला नउर्लेसम्म, विभेद–शोषण–उत्पीडन अन्त्य नभएसम्म एमाले पार्टी र त्यसको चुनाव चिह्न सूर्य गरीब र निमुखाहरूको मुक्तिको प्रतीक बन्नेछ ।
अफसोच ! समयको कम्पास उल्टो घुम्दै गयो र एमालेले वैचारिक–राजनीतिक रूपमा आफूलाई विस्तारै जडता, संकीर्णता, अकर्मण्यता र यथास्थितितर्फ डोर्याउँदै चितवन महाधिवेशनसम्म पुग्दा घोरदक्षिणपन्थी, प्रतिक्रियावादी चरित्र ग्रहण गर्यो ।
यसपटक त्यही नारायणी किनारमा मदनका विचारलाई ओठे कुतर्क र भव्य तामझामको सहारामा स्किप गर्ने प्रपञ्चको शुरूआत गरियो ।
२०७८ को त्यस जाडोयाममा त्यही नारायणी किनारमा मदनको विचारलाई हलाल गर्दैगर्दा कुनै चिच्याहट सुनिएन । ज.ब.ज.का कथनी र करणीमा कुनै बहस, वादविवाद र प्रतिवाद हुन सकेन । कुनै फरक मतहरू दर्ज हुन सकेनन् । कहीँ समवेदनाको आँसु झरेको खबर सुनिएन । बरु बहुसंख्यक एमालेजनमा चेतन, अर्धचेतन वा अवचेतन जुनसुकै कारणले होस्, हर्षोल्लास देखियो ।
जसले हर्षोल्लास मनाए, उनीहरूले यो केको हर्षोल्लाहस भन्ने कुराको भेउसम्म पाएनन् । मदन भण्डारीको विचारका बहुसंख्यक मलामीले आफू मदनको एक सच्चा अनुयायी भएको भ्रमपूर्ण आभाष गरेछन् । मदनको विचारलाई नारायणीमा बगाएर लगाइने कलंकको टीका रातै रङको थियो र त्यसको नाम अवीर नै हो ।
आफ्नो पथप्रदर्शक सिद्धान्तलाई नारायणी नदीमा बगाएर एक मालिकको शरणमा पुग्दा समेत थाहा नपाउने कस्तो स्वाँठ जमात हो यो भनेर उठ्ने प्रश्नलाई मदनका अनुयायीहरूले विरोधी र विपक्षीहरूका चालबाजी सम्झिरहेका छन् । वास्तवमा उनीहरू चितवन महाधिवेशनपछि मदनको विशाल विचारको अनुयायीबाट ओलीबाको साँघुरो प्रतिशोधी ग्रन्थीको अनुयायीमा परिणत भइसकेका छन् ।
ओलीले महाधिवेशन समापन समारोहसम्म पुग्दा पहिलो कुरा नेपालको वामपन्थी आन्दोलन बिसर्जनको व्यावहारिक जिम्मा लिएका छन् र सैद्धान्तिकरूपमा त्यो आरोप अरूमाथि थोपर्ने कोशिश अहोरात्र जारी छ ।
दोस्रो कुरा ओलीबाले पार्टी विभाजनको खुशियाली मनाएका छन्, त्यसका लागि उनी एकल अधिकारवाला सर्वेसर्वा प्राधिकार सम्पन्न नेता देखिने मूडमा छन् । तेस्रो, यस महाधिवेशनले जडता, संकीर्णता र कट्टरतालाई मलजल पुर्याएको छ । जसले गणतन्त्र रोक्ने आफ्नो चाहनामा बल पुग्ने उनको विश्वास छ । यद्यपि समयको रथ अब पछाडि फर्किने सम्भावना इतिहासको दन्तेकथाबाहेक अरू केही हुनेछैन ।
चौथो, ओलीबाले प्रचण्डविरोधी माहोल खडा गर्न धार्मिक द्वेष सिर्जनाका लागि भूमिका खेल्ने जमर्को गर्नेछन् । जसका लागि राम जन्मभूमि अयोध्यापूरीको नाटक मञ्चन गरिएको छ । पाँच, बचेखुचेको कम्युनिस्ट लेपन नारायणीमा पखाल्नेछन् र पार्टीलाई भक्तहरूको भीड बनाउँदै आफू मठाधीश झैं सर्वोच्च भएको अभ्यास गर्नेछन् ।
उनको घोर दक्षिणपन्थी प्रतिक्रियावादी चरित्र जुन कहिल्यै धार्मिक र कहिल्यै बयलगाडाका अभिव्यक्तिमार्फत सतहमा आउँछन्, त्यसको व्यावहारिक कार्यान्वयन आजसम्म मदन भण्डारीकै विचारले रोकेको थियो ।
अब त्यस विचारको अन्त्यका लागि यो सबै तामझाम भएको छ । महाधिवेशनमा विदेशी पाहुनाका तर्फबाट भाजपा, देशभित्रबाट राप्रपा–कमल थापा र स्थानीय स्तरबाट कृत्रिम राम र अयोध्यापुरीको सशक्त उपस्थितिमा मदनको विचारको साइलेन्स किलिङ प्रक्रिया अघि बढ्यो । कुनै बेला एमालेका ५१ बुँदे अपराधनामक बूकलेट हातमा बोकेर देशदौडाहामा निस्केका घनश्याम भुसाल र योगेश भट्टराईहरू मदनको विचार हत्याका निरीह साक्षी बनिरहेका छन् । कठिन समयमा उनीहरूको यस निरीहतालाई धिक्कार्नबाहेक इतिहासले के नै गर्न सक्छ र ?
चितवन महाधिवेशनको प्रभाव २०७९ को यस स्थानीय निर्वाचनसम्म आइपुग्दा प्रस्ट देखिएको छ । एका हातमा कमल थापा र गीता बोकेर हिन्दू भोट बटुल्ने र अर्को हातमा एकनाथ ढकाल र बाइबल बोकेर विदेशी नोट बटुल्ने दोहोरो चरित्र र धार्मिक गोरखधन्दा माथि पर्दा हाल्न अरूमाथिको हावादारी प्रहार, उजेजनात्मक र उत्ताउलो शैलीको बनाइएको छ । कतै कमल थापा, कतै राजेन्द्र लिङदेन, कतै सीके राउत, कतै विप्लव हावादारी गफास्टहरूसँगको तालमेल, सहकार्य र मोर्चाबन्दीले ओलीको राजनीति जाँतो घुमे झैं यथास्थिति र जडताको चक्कर काटिरहेको छ ।
स्थानीय निर्वाचनमा अख्तियारले डामेका, घोर प्रतिक्रियावादी, गणतन्त्रविरोधी, जड, संकीर्ण र यथास्थितिवादीहरूको प्रतिगामी मोर्चा बनाएर उनले आफ्नो परिवर्तनविरोधी छविको परिचय अझ सबैले देख्नेगरी खुलाएका छन् ।
अझ सबैभन्दा अचम्मको कुरा त के भने गठबन्धनका विरुद्ध एमाले एक्लै लडेको र लोकप्रिय भोट ल्याएको दाबी गर्दैछन् । आफ्नो आत्मसमीक्षा भन्दा अरूमाथि धारेहात लगाएरै कुतर्कद्वारा जित्न सकिन्छ भन्ने मनोविज्ञानबाट उनी अझै मुक्त भएका छैनन् ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...