०३ साउन २०८३, आइतबार

नेपाल इन्स्योरेन्सको बोनस शेयरमा मूल्य समायोजन

नेपाल इन्स्योरेन्सको बोनस शेयरमा मूल्य समायोजन

नेपाल इन्स्योरेन्सको बोनस शेयरमा मूल्य समायोजन भएको छ । 

नेप्सेले कम्पनीको ११% बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको मूल्य ५३१ रुपैयाँ ५३ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर मंगलवार यसको कारोबार खुल्नेछ ।

 इन्सुरेन्सले जेठ ३० गते बस्ने वार्षिक साधारण सभाको लागि आज मंगलववार (जेठ १७ गते) देखि बुक क्लोज गरेको हो ।

इन्सुरेन्सले गत वर्षको नाफाबाट ११% बोनस शेयर र कर प्रयोजनको लागि ०.५७% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्