३२ असार २०८३, बिहीबार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो, ४ अर्ब १७ करोडको कारोबार ?

असार ३१, २०८३
काठमाडौं
नेप्से परिसूचक १४ अङ्कले बढ्यो, ४ अर्ब १७ करोडको कारोबार ?

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ मा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता शेयर चार अर्ब १७ करोड तीन लाख ९८ हजार ४९ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ भने अर्काे एक उपसमूह स्थिर रह्यो । आज १९५ कम्पनीको शेयर बढ्यो भने ६० कम्पनीको शेयर घट्यो ।

त्यसैगरी, १९ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एनएमबी डिबेञ्चर, नारायणी विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था, एनआइविएल स्टेबल फण्ड र एनआइसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले आज गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्