फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
जेठ १७, २०७९
बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा कार्यभार सम्हालिसके पनि उनको जीतको चर्चा सेलाएको छैन ।
स्वतन्त्र उम्मेदवारका रूपमा भएको बालेनको विजय पुरातनवादी राजनैतिक दलले इन्टरनेटको जालोमा घोत्लिने नयाँ जेनरेसन, खाडीमा काम गर्ने युवाका अभिभावक, युरोप अमेरिका बस्ने नेपाली विद्यार्थीका परिवारको इच्छा आकांक्षालाई सम्बोधन गर्न नसकेको परिणाम हो । यो राजनैतिक दललाई चेतावनी पनि हो ।
अर्कातर्फ योग्य, सक्षम र शिक्षित उम्मेदवार दिन नसक्ने दल अनि राजनैतिक पहुँचको आधारमा मात्र सेवाग्राहीको काम फत्ते हुने परम्परा बसाल्ने दलहरूप्रतिको आक्रोश र बदला नै बालेनसहितका स्वतन्त्र उम्मेदवारको जीतमा निर्णायक ठहरिए ।
स्वतन्त्र उम्मेदवारले मेयरको (मेयर प्रधानपञ्च होइन) निर्वाचन जितेको काठमाडौं महानगरपालिकाको इतिहासमा पहिलोपटक हो ।
राजनैतिक दलका विजयी उम्मेदवारले राजनैतिक नेतृत्वको निर्देशनमा काम गर्नुपर्ने, आफ्ना कार्यकर्ताका लागि साम, दामसहित चित्त बुझाइदिनुपर्ने, निर्वाचनमा सहयोग गरेका व्यवसायीहरूको स्वार्थमा काम गर्नुपर्ने, निर्वाचनमा लागेको खर्च उठाई पार्टीलाई समेत आर्थिक सहयोग गर्नुपर्ने जस्ता कार्यले राजनैतिक दलको उम्मेदवारप्रति वितृष्णा जाग्नु र घोषणा एवं प्रतिबद्धता बमोजिमको काम त परै जाओस्, फोहोर, पार्किङ, ट्राफिक जाम, शौचालय, सर्वसुलभ नगरबसको समेत व्यवस्था गर्न नसक्ने पूर्व मेयरहरूका कारण राजनैतिक दललाई मतदाताले पाँच औंलाको डाम बस्ने गरी झापड हिर्काएका छन् ।
प्रश्न के पनि उठेको छ भने राजनैतिक दलहरूप्रतिको वितृष्णाका कारण मात्र स्वतन्त्र उम्मेदवारहरूले जितेका हुन् वा मतदाताले उम्मेदवारको योग्यता, सक्षमता र इमान्दारिताको पनि परीक्षण गरेर मत दिएका हुन् ? केही स्वतन्त्र उम्मेदवारले जित्नेबित्तिकै नेपालमा राजनैतिक दलप्रतिको वितृष्णा बढेको छ भन्नु उपयुक्त नहोला किनभने अधिकांश पालिकामा राजनैतिक दलका उम्मेदवार नै विजयी भएका छन् । पक्कै पनि धरान, धनगढी, काठमाडौं, जनकपुरमा मतदाता सचेत भई विवेकले मत प्रयोग गर्ने परम्पराको थालनी यसपालिको स्थानीय निर्वाचनमा गरेका छन् ।
ओभर द नाइट मतदातालाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरालाई बालेनको टीम, समर्थक, फ्यान, सामाजिक सञ्जालले लौरो चिह्न पाएको दुई हप्ताभित्रै त्यसलाई घरघरमा चिनाउन सफल भए । यस्तो स्ट्राटेजी राजनैतिक दलसँग छैन । उनीहरूका समर्थक केही हजार रुपैयाँ, मासु र रक्सीका दास मात्र थिए, वा नेताका अन्धभक्त कार्यकर्ता । तर बालेनको ब्याक ब्रेन र थिंक ट्याङ्कभित्र कुशल र क्षमतावान सोच तथा योजना देखियो । बालेनको स्वतन्त्र राजनैतिक उपस्थितिले स्वतन्त्र आममतदाता, युवा मात्र होइन घरघरका बालबालिकालाई समेत तरंगित गरिदियो ।
स्ट्यान्डअप कमेडियनका रूपमा उदाएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्की र बालेन दुवै राजनैतिक उम्मेदवारलाई चक्मा दिँदै निर्वाचित भए ।
बालेन गाउने र्याप युवा पुस्ताको मनोरञ्जनको विषय मात्र थिएन, उनले र्यापमा राजनैतिक विसंगति र सरकारको नालायकीपनलाई व्यंग्य र र्याप संगितको माध्यमबाट सचेत गराएका थिए, जसले गलत व्यवस्था र भ्रष्ट व्यवस्थापकविरुद्ध र्यापबाट नै युवा पुस्तालाई फकाइ र तताइसकेको थियो ।
र्याप उनको विशुद्ध विचार र अभिव्यक्तिको स्वतन्त्रता थियो, जसलाई वर्तमान संविधानले नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेकोछ ।
र्याप नै गाएर मात्र उनले चुनाव जितेका पक्कै होइनन्, पेशाले इञ्जिनियर नै महानरपालिकाको नेतृत्व गर्न सक्षम हुन्छ, न कि कुनै गृहिणी वा पहिले परीक्षण भइसकेको उम्मेदवार भन्ने कुरा त सामान्य कमनसेन्स भएका मतदाताले पनि बुझेकै थिए ।
बालेन यो सबालमा पनि सफल देखिए, जसले अल्छी, सभ्रान्त परिवार र भोट हाल्न जान मन नगर्ने मतदातालाई घाममा हिँडाएर मतदान केन्द्रसम्म आउन बाध्य गरे । नातावाद, कृपावादको आधारमा टिकट दिनु, प्रतिस्पर्धी उम्मेदवारको अहंकारी प्रस्तुति जस्ता कारणले पनि बालेनलाई फाइदा भयो ।
उनको कार्यकाल कस्तो हुन्छ भन्ने कौतुहलता सबैमा छ । यदि उनले मतदाताको मन जितेर काम गरे भने राज्यको उच्च तहसम्म पुग्न सक्छन् भन्ने अनुमान गर्न सकिन्छ ।
संसारभरमा केही यस्ता मेयर पनि छन्, जसको उत्कृष्ट कार्यले तिनीहरूलाई राज्यको सर्वोच्च तहसम्म समेत पुर्याएको छ ।
संयुक्त अधिराज्य ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले लण्डन शहरको मेयरको रूपमा २००८ देखि २०१६ सम्म कार्य गरेका थिए । उनी २०१२ मा मेयरको दोस्रो कार्यकालका लागि समेत निर्वाचित भएका थिए ।
रिसेप इरडोगान इस्तानवुलका मेयर थिए । पछि टर्कीका राष्ट्रपति भए । मेक्सिको सिटीका मेयर एन्ड्रेस म्यानुअल लोपेज ओरबाडोर मेक्सिकोको राष्ट्रपति भए । दुई कार्यकाल ब्यूनसआर्यसका मेयर भएका माउरिको मार्सी अर्जेन्टिनाको राष्ट्रपति भए । अमेरिकी राष्ट्रपतिहरू एन्ड्र्यु जोनसन, ग्रोबर क्लिभल्याण्ड र कालभिन कुलिज पहिले मेयरको रूपमा काम गरिसकेका राष्ट्रपतिहरू थिए । तर उनीहरू स्वतन्त्र उम्मेदवार भने थिएनन् ।
बालेनजस्ता स्वतन्त्र उम्मेदवारले नेपालमा मात्र होइन संसारभर यसैगरी चुनाव जितेका इतिहास पाइन्छ । स्वतन्त्र उम्मेदवारको कुरा गर्दा जर्ज वाशिङ्टनको नाम पहिले आउँछ । उनी अमेरिकाको पहिलो र स्वतन्त्र राष्ट्रपति थिए ।
यसैगरी अमेरिकाको रहोड आइल्यान्ड राज्यको प्रोभिडेन्स शहरमा सन् १९९० मा बडी सियान्सी स्वतन्त्र हैसियतमा निर्वाचित भएका थिए । उनी सन् १९९४ र १९८८ मा समेत दोस्रो र तेस्रो कार्यकालका लागि समेत निर्वाचित भएका थिए । न्यूयोर्कमा नै सन् २००९ मा माइकल ब्लूमवर्ग स्वतन्त्र उम्मेदवारको रुपमा मेयर पदमा निर्वाचित भएका थिए ।
अष्ट्रेलियमा पनि स्वतन्त्र हैसियतमा विभिन्न शहरबाट मेयर भएका सयौं वर्षदेखिको इतिहास रहेको छ । यसमा सबैभन्दा महत्त्वपूर्ण रूपमा क्लोभर मूर रहेकी छिन् । उनी २००४ देखि सिड्नीको मेयरको रूपमा कार्यरत छिन् । उनले स्वतन्त्र रूपमा काम गर्ने टीम नै बनाएकी छिन् । बालेन, हर्क साम्पाङ (धरान) र गोपाल हमाल (धनगढी)का लागि उनको अभ्यास मार्गदर्शक बन्न सक्छ ।
संयुक्त अधिराज्यको केपल्यान्ड शहरबाट माइक स्टारकी २०१५ र २०१९ मा गरी दुई कार्यकालका लागि स्वतन्त्र हैसियतमा मेयर पदमा निर्वाचित भएका थिए । तर दोस्रो कार्यकालमा निर्वाचित भएपछि उनी कन्जरभेटिभ पार्टीमा प्रवेश गरेका थिए ।
त्यस्तै क्यार्लिफोनिया राज्यको सान डियागोबाट मेयरका स्वतन्त्र उम्मेदवार विलियम कारिसन सन् १८९३ मा र त्यसपछि गरी दुई कार्यकालका लागि निर्वाचित भएका थिए । विस्कोनसिल राज्यको अलेकजेन्ड्रा शहरबाट सन् १९६१ मा फ्रान्क इ. मान निर्वाचित भएका थिए ।
गत जनवरीमा पाकिस्तानको कोहट शहरबाट स्वतन्त्र रूपमा निर्वाचित मेयर शाफुल्लाले निर्वाचित भैसकेपछि इमरान खानको पाकिस्तान तहरिक ए इन्साफ पार्टी (पीटीआई) प्रवेश गरेका थिए ।
यदि बालेन भोलिका दिनमा कुनै पनि पार्टीमा प्रवेश गरे भने यो उनका लागि आत्मघाती हुनसक्छ । मतदाताप्रति विश्वासघात गरेको ठहर्नेछ । उनको ब्रान्ड र सिग्नेचर आइडेन्टिटी इन्डिपेन्डेट रूपमा प्रख्यात भएकाले उनले आफ्नो स्वतन्त्र हैसियतलाई जोगाइराख्नु नै बुद्धिमानी हुने देखिन्छ ।
यदि बालेन कुनै दल विशेषको उम्मेदवार हुन्थे भने एउटा र्यापरलाई जिताउन काठमाडौंवासी तयार हुँदैन थिए ।
केही विश्लेषक र राजनैतिक दलको टिप्पणी अनुसार स्वतन्त्र उम्मेदवारहरूले राजनैतिक दललाई प्रतिनिधित्व गरेर आएका निर्वाचित पदाधिकारीहरूसँग काम गर्न सक्दैनन् भन्ने भाष्य स्थापित भएको देखिन्छ । लाइभ प्रशारण गरिएको सोमवारको नगरकार्यपालिका बैठकमा वडाध्यक्षहरूले गरेको प्रतिवादलाई देखाएर पनि धेरैले यस्तो तर्क गरिरहेका छन् ।
पर्यटन मन्त्री प्रेम आलेले व्यावसायिक घराना बतास समूहविरुद्ध गरेको कार्यको सर्वत्र प्रशंसा भएकै हो, उनको राजनीतिक पृष्ठभूमिलाई कसैले हेरेन । काम गर्ने व्यक्तिलाई काम गर्न अवरोध र बाधा सिर्जना गरियो भने सचेत मतदाता स्वयं सक्रिय रहने नै छन् ।
संविधान र विद्यमान कानूनले मेयर, उपमेयर र वडा अध्यक्षलाई निश्चित कानूनी अधिकार र दायित्व तोकी जिम्मेवारीहरू सुम्पेको छ । कानूनले तोकेको जिम्मेवारी र अधिकारलाई अन्य कुनै पनि शक्तिले संकुचन गर्न सक्दैन ।
राजनिति गर्न संगठन, कार्यकर्ता र पैसा चाहिने परम्परागत दलगत सिद्धान्तलाई बालेन र हर्कहरूको विषयले नै असान्दर्भिक बनाइसकेको छ ।
राजनैतिक दलको टिकटमा वा नेताको नातामा मात्र मेयर बन्ने प्रथा बालेन र अन्य स्वतन्त्रहरूको विजयसँगै खारेज भएको छ ।
मेयर चलाउन राजनैतिक अनुभव होइन सक्षम, शिक्षित र राजनैतिक दलका उम्मेदवारको विकल्पको रूपमा नेतृत्व दिन सक्ने व्यक्ति नै उपयुक्त हुने रहेछ भन्ने कुरालाई मतदाताहरूले प्रमाणित गरिदिएका छन् ।
काठमाडौंसँगै धरान, धनगढी, जनकपुर नेपालका शिक्षित शहरहरूमा गनिन्छन् । शिक्षित मतदाताले कस्ता उम्मेदवार खोज्ने रहेछन् भन्ने निष्कर्ष पनि यो निर्वाचनले दिएको छ । यदि पार्टीले राइट मेन इन राइट प्लेस गर्न सकेनन् भने अब प्रत्येक पाँच वर्षमा शहर-शहरमा अनि निर्वाचन क्षेत्रक्षेत्रमा सयौं बालेन र हर्कहरू जन्मिने छन् ।
समाजवाद, लोकतन्त्र, कम्युनिजमजस्ता खोक्रा नारा र एक उम्मेदवारले अर्को उम्मेदवारलाई एउटा पार्टीले अर्को पार्टीलाई आलोचना र गाली गरेर मत नआउने रहेछ भन्ने सन्देश पनि यो स्थानीय निर्वाचनले दिएको थियो ।
बालेनको जीतले जातीय राजनीति गरेर भोट माग्ने राजनैतिक दल र समाजलाई दिएको सन्देश भनेको काठमाडौंमा चुनाव जित्न नेवार नै हुनुपर्छ भन्ने छैन । तराईमा चुनाव जित्न मधेशी नै हुनुपर्ने परम्परागत सोचलाई पनि वीरगञ्जका मेयर राजेशमान सिंहले चकनाचुर पारिदिएका छन् ।
गत सन् २०१६ मा पाकिस्तानी मूलका ब्रिटिश नागरिकले लण्डनको मेयर हुने सौभाग्य पाए । त्यहाँ पनि सन्देश यही थियो । यदि उम्मेदवारमा सक्षमता, शिक्षा, योग्यता र अनुभव छ भने उसको धर्म (इस्लाम), उत्पति (पाकिस्तान), र जात (मुस्लिम) हेरिँदैन भन्ने उदाहरण थियो त्यो ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...